प्रधानमन्त्रीले सिटी हल शिलान्यास गर्दा मेयर रेणु दाहालको बहिष्कार – Nepal Press

प्रधानमन्त्रीले सिटी हल शिलान्यास गर्दा मेयर रेणु दाहालको बहिष्कार

काठमाडौं । आफ्नै महानगरमा बन्न लागेको सिटी हल शिलान्यास समारोह भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बहिष्कार गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हल शिलान्यास गर्ने भएपछि मेयर दाहालले सो कार्यक्रम बहिष्कार गरेकी हुन् ।

शहरी विकास मन्त्रालयले बनाउने सिटी हल भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक बन्दैछ । जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।

शनिबार एक समारोहबीच प्रधानमन्त्रीले सिटी हल उद्घाटन गर्दा संघीय सरकारका मन्त्रीहरु उपस्थित थिए । गृहमन्त्री रामबहादुर थापा, शहरी विकास विकासमन्त्री प्रभु साह र वागमतीका मुख्यमन्त्री डोरमणि पौडेल उद्घाटन समारोहमा थिए ।

सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । मेयर दाहालले महानगरपालिकासँग समन्वय नगरी शिलान्यास गरिएकाले आफू सहभागी नभएको बताएकी छन् । मेयरसहित प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्रीको विरोध गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर