प्रचण्ड-माधव सभामा सुदूरपश्चिमका मुख्यमन्त्रीको भाषण, प्रधानमन्त्रीको आलोचना – Nepal Press

प्रचण्ड-माधव सभामा सुदूरपश्चिमका मुख्यमन्त्रीको भाषण, प्रधानमन्त्रीको आलोचना

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्ड–माधव पक्षको जनसभामा बोल्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संघीयता विरोधी कुरा गरेको र सुदूरपश्चिमलाई आर्थिक स्रोत नदिएको आरोप लगाए ।

मुख्यमन्त्री भट्ट धनगढीमा आयोजित प्रचण्ड–माधव पक्षको सभामा भाषण गर्न पुगेका थिए । उनले संघीय सरकार पार्टीको घोषणापत्रविपरित चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले झूटा कुरा बोलेको, पश्चिम सेती बनाउन चासो नदिएको लगायत आरोप पनि लगाए । अब सडकबाट प्रतिनिधिसभा ब्युँताउने उनको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर