धनगढीमा प्रचण्ड-माधव पक्षको सभा सुरु – Nepal Press

धनगढीमा प्रचण्ड-माधव पक्षको सभा सुरु

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहको जनसभा धनगढीमा सुरु भएको छ । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको सो समूहले विभिन्न प्रदेशमा विरोध सभा गर्ने क्रममा आज धनगढीमा गर्न लागेको हो ।

आजको सभामा सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र सुदुरपश्चिमेली नेता भिम रावलले सम्वोधन गर्नेछन् । उनीहरु सभास्थल पुगिसकेका छन् । सभाका क्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिँदैछन् ।

प्रचण्ड–माधव समूहले यसअघि बुटवल र विराटनगरमा सभा गरिसकेको छ भने माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ठूलो सभा गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर