प्रधानमन्त्री आउँदा नगएका मुख्यमन्त्री भट्ट प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा – Nepal Press

प्रधानमन्त्री आउँदा नगएका मुख्यमन्त्री भट्ट प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा

कैलाली । केही समयअघि प्रधानमन्त्रीलाई स्वागत गर्न नगएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न धनगढी विमानस्थल पुगेका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षधर नेता एवम् प्रदेशका मुख्यमन्त्री भट्ट शुक्रबार माधव नेपाललाई स्वागत गर्न पनि विमानस्थल गएका थिए । प्रचण्ड र माधव नेपाललाई सम्बोधन गर्न मुख्यमन्त्रीसहित उक्त पक्षका मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए ।

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज धनगढीमा सभा गर्दैछ । सभालाई सम्बोधन गर्न प्रचण्ड र माधव नेपाल धनगढी गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर