निर्वाचनलाई कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्‍ठ – Nepal Press

निर्वाचनलाई कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्‍ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै ‘माइकलाल’ ले पनि रोक्न नसक्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका-१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, ‘सबै दल आन्दोलनको नाममा घरदैलो अभियान भन्दै गाउँ-गाउँमा चुनाव प्रचारमा लागिसके । अब मुलुक चुनावमय भइसक्यो ।’

सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मूर्खता भएको उनको भनाइ छ ।

‘तपाईंहरू हेर्नुस रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थल तयार भए ,पाइपलाइनबाट तेल आउन थालिसक्यो , रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ-ठाउमा सुरुङमार्ग निर्माण भइरहेका छन् । भन्नुस् त यो काम कस्ले गर्‍यो ? सबै यही सरकारको प्रगति हो’, मन्त्री श्रेष्ठको भनाइ थियो ।

मुलुकलाई विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको उनले दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर