यसरी मनाइयो शहीद दिवस – Nepal Press

यसरी मनाइयो शहीद दिवस

नेपाल प्रेस २०७७ माघ १६ गते ११:५२
२०७७ माघ १६ गते ११:५२

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।