प्रचण्डले भने– केपी ओलीले अत्याचार गरे, मलाई न्याय चाहियो – Nepal Press

प्रचण्डले भने– केपी ओलीले अत्याचार गरे, मलाई न्याय चाहियो

‘नपुंशक नहुनु, निसन्तान नहुनु मेरो अपराध हो ?’

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीबाट आफूमाथि अत्याचार भएको भन्दै जनतासमक्ष न्याय मागेका छन् ।

विराटनगरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफ्ना सन्तानको प्रसंग निकालेर हुर्मत लिइरहेको बताए ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले भने– आदरणीय जनसमुदाय, मलाई न्याय चाहियो । केपी अ‍ोलीले ममाथि अत्याचार गर्न खोजे, म न्याय चाहन्छु । जसले त्याग र बलिदानको इतिहास बनायो, त्यसैलाई अपमानित गर्ने, हुमर्त लिने काम भइरहेको छ।

प्रधानमन्त्री ओलीप्रति तीव्र आक्रोशमा देखिएका प्रचण्डले आफ्ना छोराछोरीले गणतन्त्रको लागि बन्दुक बोकेको तर आज ओलीले अपमानित गरेको बताए ।
उनले ओलीले आफ्नो विरोध गरेर राजा–महाराजा र तीनका भरौटेहरुलाई साथ दिएको आरोप लगाए ।

प्रचण्डले भने– म निसन्तान भइनँ, म नपुंशक भइनँ के मेरो दोष हो ? केपी अ‍ोलीका छोराछोरी छैनन् तर उनले कलंकको टीका लाए । छोराछोरी छैनन् भन्दै धर्म सन्तानलाई लुटाउने केपी ओली ठीक हुन् ?

प्रचण्डले प्रतिनिधिसभा भंग गरेको कुरालाई आफूहरुले स्वीकार नगरेको भन्दै सभामुखले संसद बैठक बोलाएर केपी ओलीलाई कारवाही गर्ने बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर नगरे त्यो विकल्प नेपाली जनतासँग रहेको दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर