टी–१० लिगमा सोमपाल र करणको डेब्यू, दुवैको औसत बलिङ – Nepal Press

टी–१० लिगमा सोमपाल र करणको डेब्यू, दुवैको औसत बलिङ

काठमाडौं । १० ओभरको क्रिकेट प्रतियोगिता टी–१० लिगमा राष्ट्रिय टोलीका तीव्र बलरद्वय सोमपाल कामी र करण केसीले डेब्यू गरेका छन् ।

सोमपालले मराठा अरेवियन्सका लागि र करणले पुने डेभिल्सका लागि डेब्यू गरेका हुन् । दुवै टोलीले आआप्नो खेलमा जित हासिल गरी विजयी सुरुआत गरेको छ ।

सोमपालले सिजनको पहिलो खेलमा पहिलो ओभर बलिङ गर्ने अवसर पाए । नर्दन वारियर्सबिरुद्धको खेलमा पहिलो ओभर बलिङ गरेका सोमपालले ८ रन खर्चिए । इनिङको अन्तिम ओभर बलिङ गरेका उनले २० रन खर्चिए ।

सोमपालले खेलमा एउटा क्याच पनि लिए । आठौं ओभरको अन्तिम बलमा मुख्तर अलीले निकोलास पुरनलाई आउट गर्दा डीप मिडविकेट क्षेत्रमा सोमपालले क्याच लिएका थिए ।

खेलमा मराठाले नर्दन वारियर्समाथि ५ विकेटको जित हासिल गरेको छ । १ सय २८ रनको लक्ष्य मराठाले पाँच विकेट गुमाएर इनिङ्सको अन्तिम बलमा पूरा गरेको थियो । मराठाका लागि ओपनर अब्लुर सकूरले २८ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७३ रन जोडेर जितको आधार तय गरेका थिए ।

अर्को खेलमा डेक्कल ग्ल्याडिएटर्सबिरुद्ध पुनेका लागि करण महंगो सावित भए । करणले १ ओभर अवसर पाएका थिए, जहाँ उनले १७ रन खर्चिए । आठौं ओभर बलिङ गरेका करणले एक चौका र एक छक्का खाए । चौथो बलमा बाउन्ड्रीभित्र फिल्डरको पाजिसन नमिलेका कारण नो बल दिइएको थियो ।

खेलमा पुनेले डेक्कनमाथि ७ विकेटको जित हासिल गरेको छ । १ सय ५ रनको लक्ष्य पछ्याएको पुनेले ९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । उसका लागि ओपनर केन्नर लेविसले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *