श्रम तथा रोजगार कार्यालयलको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर – Nepal Press

श्रम तथा रोजगार कार्यालयलको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर

काठमाठौं । सरकारले श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर गरेको छ । श्रम ऐन, २०७४ को दफा ९३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै श्रम तथा रोजगार कार्यलयको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

हेरफेर भएका कार्यालयमा सबैभन्दा बढी १० जिल्ला हेर्ने जिम्मेवारी मोरङस्थित विराटनगर कार्यालयलाई दिइएको श्रम सचिव तोयम रायले नेपाल प्रेसलाई बताए । उनका अनुसार विराटनगर कार्यालय अन्तरगत नयाँ कायम भएका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, तेह्रथुम, र धनकुटा छन् । यस अघि विराटनगर कार्यालयले ८ जिल्ला हेर्दै आएको थियो । अहिले २ जिल्ला तेह्रथुम र धनकुटा थप गरिएको सचिव रायको भनाइ छ । यि दुइ जिल्ला यसअघि श्रम तथा रोजगार कार्यालय भद्रपुर, झापा अन्तरगत थिए ।

यस्तै सबै भन्दा कम ४ जिल्ला भने झापास्थित भद्रपुर कार्यालयको कार्यक्षेत्रमा कायम भएका छन् । जसमा ताप्लेजुङ, पाँचथर, इलाम र झापा छन् । मकवानपुरस्ति हेटौडा कार्यालय अन्तरगत भने ५ वटा जिल्ला कायम भएका छन् । जसमा मकवानपुर, चितवन, धादिङ, रामेछाम र सिन्धुली छन् । यस अघि यस कार्यालय अन्तरगत दोलखा पनि थियो । अहिले दोलखालाई यस कार्यालयबाट हटाएर काठमाडौंस्थित टेकु कार्यालय मातहत ल्याइएको छ । टेकु कार्यालय अन्तरगत अहिले दोलखा थपिए पछि यसअघिको संख्या ७ बाट बढेर ८ पुगेको छ । जसमा दोलखासँगै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा कायम भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *