लिग लिडर एपिएफको जितमा सावित्राको ह्याट्रिक – Nepal Press

लिग लिडर एपिएफको जितमा सावित्राको ह्याट्रिक

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बिहीबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ३२औं मिनेटमा सावित्राले गोल गर्दै उपाधि दाबेदार एपिएफलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० ले पछि परेको पुलिसले दोस्रो हाफमा थप २ गोल खायो ।

एपिएफका लागि ५६औं मिनेटमा दोस्रो गोल गरेकी सावित्राले ८४औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । जारी सिजनका चार खेलमा १० गोल गरिसकेकी सावित्राको यो तेस्रो ह्याट्रिक हो ।

जितसँगै लिगलिडर एपिएफले ४ खेलबाट १२ अंक जोडेको छ । दोस्रो स्थानको पुलिसको समान खेलबाट ५ अंक तथा तेस्रो स्थानको वालिङको पनि ५ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर