महिला लिगमा वालिङको पहिलो जित, रुथको डबल ह्याट्रिक – Nepal Press

महिला लिगमा वालिङको पहिलो जित, रुथको डबल ह्याट्रिक

काठमाडौं । मेथो एल्युडी रुथको डबल ह्याट्रिक प्रेरित वालिङ नगरपालिकाले काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा चौदण्डिगडी नगरपालिकालाई १०–० को फराकिलो अन्तरमा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा झण्डै दुई दर्जन गोलसहित वालिङले लिगमा पहिलो जित दर्ता गरेको हो । वालिङका लागि रुथले सातौं, नवौं, १९औं, ६३औं ७१ र इन्जुरी समयमा गोल गरिन् ।

चौदण्डिगढीको रक्षापंक्तिमाथि हाबी बनेको वालिङका लागि मनमाया दमाईले ३३औं तथा टोउटा आरानेला इभानिक नोएलले ४९औं मिनेटमा गोल गरे । त्यस्तै, ४६औैं मिनेटमा अमिसा कार्कीको स्थानमा मैदानमा प्रवेश गरेकी सम्झना शर्माले ८०औ र ८२औं मिनेटमा गोल गरिन् ।

जितसँगै वालिङले ४ खेलबाट ५ अंक जोडेको छ । यसअघि पहिलो खेलमा विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरीमा रोकिएको वालिङले दोस्रो खेलमा आर्मीसँग ७–० को फराकिलो पराजय बेहोरेको थियो ।

तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको वालिङको प्रतियोगितामा पहिलो जित हो ।

जितसँगै वालिङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमो एपिएफको ४ खेलबाट १२ अंक छ । दोस्रो स्थानको पुलिसको समान चार खेलबाट ५ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *