प्रचण्ड-माधवलाई ईश्वर पोखरेलको जवाफ – नयाँ पार्टी बनाउन सक्नुहुन्छ – Nepal Press

प्रचण्ड-माधवलाई ईश्वर पोखरेलको जवाफ – नयाँ पार्टी बनाउन सक्नुहुन्छ

इटहरी । उपप्रधानमन्त्री एवं नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् ।

विहीबार सुनसरीको दुहबीमा जिल्ला कार्यकर्ता भेलामा प्रचण्ड-माधव पक्षलाई लक्षित गर्दै उनले भने, ‘नयाँ पार्टी बनाउन सक्नुहुन्छ । अर्को छुट छैन ।’ ओली नेतृत्वकै नेकपा आधिकारिक हो । यसमा कसैले भ्रम पाल्न आवश्यक छैन ।’

कार्यक्रममा संविधानसभा सदस्य रेवतीरमण भन्डारी, प्रदेशसभा सांसदद्वय सर्वध्वज सावा, लिलम बस्नेत, नेतृ भगवती चौधरीलगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर