अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ – Nepal Press

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ  परेका छन् ।

विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका -१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका हुन् ।

बाँके नेपालगंज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका -९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर