अवहेलना मुद्दा–प्रधानमन्त्रीसहित सबैलाई आफैं उपस्थित हुन आदेश (आदेशसहित) – Nepal Press
ब्रेकिङ

अवहेलना मुद्दा–प्रधानमन्त्रीसहित सबैलाई आफैं उपस्थित हुन आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।

रिटमाथि सुनुवाईपछि बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न जारी भएको हो । बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर अवहेलना मुद्दामा बयान दिन बोलाइएका नजिर सम्भवतः छैनन् ।

सर्वोच्च स्रोतका अनुसार आफैं लिखित जवाफ पेश गर्न आदेश दिइनु भनेको सम्बन्धित व्यक्ति आफैंले उपस्थित हुनु भन्ने हो । नत्र आफैं वा प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु भन्ने आदेश आउँथ्यो ।

प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।


प्रतिक्रिया

One thought on “अवहेलना मुद्दा–प्रधानमन्त्रीसहित सबैलाई आफैं उपस्थित हुन आदेश (आदेशसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर