लगातार बढेको नेप्सेमा ब्रेक, कारोबार रकम भने उत्साहजनक – Nepal Press

लगातार बढेको नेप्सेमा ब्रेक, कारोबार रकम भने उत्साहजनक

काठमाडौं । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेको छ । लामो समयदेखि लगातार बढेको नेप्से यो साता भने उत्तरचढाबको सामना गरिरहेको छ । हिजो बुधबार नेप्से दोहोरो अंकले बढेको थियो भने आज दोहोरै अंकले घटेको छ ।

शेयर बजार घटेपनि कारोबर रकम भने बढेको छ । आज भएको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ताको किनबेचमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर ५६ करोडको बिक्री भएको छ भने पुर्नरबीमा कम्पनीको ३१ करोडको विक्री भएको छ ।

आज दुई ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने पाँच ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर