सानिमा लार्ज क्याप फण्डको आवेदन दिने आज अन्तिम दिन – Nepal Press

सानिमा लार्ज क्याप फण्डको आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ । माघ ९ गतेदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डले १ अर्ब बराबरको १० करोड इकाई कित्ता विक्री खुला गरेको हो ।

यस इकाईमा बुधबारसम्ममा ६९ हजार ७४५ जनाले ९ करोड ७५ लाख ४ हजार २२० कित्ताको लागि आवेदन दिएका छन् । जुन मागभन्दा १ दशमलव १५ गुण बढी हुन आउँछ ।

यो इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरीद गर्न सकिनेछ । सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्दमुखी योजना हो । यो इकाई बाँडफँट भएको मितिले सात वर्षमा यो योजना परिपक्क हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर