नेपालमा रहेका तिब्बती शरणार्थीलाई दर्ता गर्न अमेरिकी आग्रह – Nepal Press

नेपालमा रहेका तिब्बती शरणार्थीलाई दर्ता गर्न अमेरिकी आग्रह

काठमाडौं । नेपालमा रहेका तिब्बतीलाई इच्छाअनुसार तेस्रो देश पुनर्वासमा जान दिनको लागि सहयोग गर्न नेपाली अधिकारीसँग आफूले छलफल चलाइरहेको अमेरिकी स्टेट डिर्पाटेमेन्टले जनाएको छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले यसैसाता भने –घरेलु नीति र अन्तराष्ट्रिय कानुनलाई सम्मान गर्न हामीले नेपाल सरकारलाई आग्रह गरिरहेका छौं । तेस्रो देश जाने तिब्बतीहरुको इच्छालाई नेपालले सहयोग गर्नुपर्छ ।’

नेपालमा रहेका सबै तिब्बतीलाई अनिवार्य दर्ता गर्न र शरणार्थीको हैसियतमा बसेकालाई प्रमाणीकरण प्रक्रिया पनि सुरु गर्न अमेरिकाले भनेको छ । साथै, विभागले परिचय पत्रको माध्यमबाट काम, शिक्षा र स्वास्थ्य सेवा पाउने अधिकार पनि सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।

सन् १९९५ यता नेपालले तिब्बती शरणार्थीलाई दर्ता गरेको छैन । सन् १९५९ मा दलाइ लामासँगै भागेर नेपाल आएकामध्ये करिब २० हजार नेपालमा रहेको अनुमान गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर