सोमपाल, करण र कुशलले खेल्ने टी–१० लिग आजदेखि सुरु हुँदै – Nepal Press

सोमपाल, करण र कुशलले खेल्ने टी–१० लिग आजदेखि सुरु हुँदै

काठमाडौं । एकैपल्ट धेरै नेपाली खेलाडी सहभागी भएको आबुधावी टी–१० लिग आजदेखि सुरु हुँदैछ । राष्ट्रिय टोलीका तीव्र बलर सोमपाल कामी, करण केसी र युवा अलराउन्डर कुशल मल्ल यो सिजनको टी–१० का लागि फरक–फरक टोलीमा अनुबन्धित छन् । युवा प्रतिभाको मार्गदर्शकका रुपमा पूर्व राष्ट्रिय कप्तान पारस खड्का पनि टिम आबुधावीमा संग्लग्न छन् ।

प्रतियोगिताका लागि सबै नेपाली खेलाडी एक साता अगाडि नै युएई पुगिसकेका छन् । उनीहरुले युएई सरकारको स्वास्थ्य मापदण्ड अनुसारको क्वारेन्टिन अबधि पूरा गरेका छन् ।

टी–१० लिगमा सोमपालले मराठा अरेवियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधावीबाट खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज करण केसी सम्मिलित टोली पुगे डेभिल्स र डेक्कन ग्ल्याडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

८ टोली सहभाथी प्रतियोगितामा २ समूहमा बाँडेर लिग चरणका खेलहरु खेलाइनेछ । सोमबार सम्मिलित मराठा र करण सम्मिलित पुने एकै समूहमा छन् । कुशल सम्मिलित आबुधावी भने समूह बी मा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर