मेस्सीको गोलमा कोपा डे रेको क्वाटरफाइनलमा पुग्यो बार्सिलोना – Nepal Press

मेस्सीको गोलमा कोपा डे रेको क्वाटरफाइनलमा पुग्यो बार्सिलोना

एजेन्सी । २ खेलको प्रतिबन्धपछि फर्किएका मेस्सीको प्रेरणादायी प्रदर्शनपछि रायो भालेकानोमाथि २–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो हाफ बराबरीमा रोकेपछि स्पेनको दोस्रो डिभिजनमा चौथो स्थानमा रहेको रायो भालेकानोले दोस्रो हाफमा अप्रत्यासित अग्रता बनाएको थियो । उसका लागि ६३औं मिनेटमा फ्रान गार्सिया टोरेसले गोल गरेका थिए ।

६ मिनेटपछि नै बार्सिलोनाले मेस्सीको गोलमार्फत खेलमा फर्कियो । क्लब करिअरको पहिलो रातो कार्डपछि २ खेलको प्रतिबन्धपछि पहिलो खेल खेलेका मेस्सीले एन्टोइन ग्रिजम्यानको पास सदुपयोग गरेका थिए ।

बार्सिलोनालाई अप्रत्यासित परिणामबाट जोगाउनका लागि फ्रेंकी डी जोङले क्लोज रेन्जबाट गोल गरे । यो गोलका लागि पनि मेस्सीको अप्रत्यक्ष योगदान थियो ।

बार्सिलोनाले अहिलेसम्म कीर्तिमानी ३० पल्ट कोपा ट्रफी जितेको छ । अहिलेको परिस्थितिमा उसलाई यो सिजन पनि ट्रफी जित्ने सम्भावना रहन्छ । चीर प्रतिस्पर्धी रियल र एट्लेटिको मड्रिड बाहिरिसकेको अवस्थामा प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पनि ट्रफी बन्न सक्छ ।

ला लिगामा शीर्ष स्थानको एट्लेटिकोभन्दा १० अंकले पछाडि हुनु र च्याम्पियन्स लिगमा यस सिजन उपाधि दावेदार टोलीको रुपमा नहेरिनुले कोपा डेल रे नै बार्सिलोनाले यो सिजन जित्नसक्ने एकमात्र ट्रफी पनि हुन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर