ओली भन्छन्- पेरिसडाँडातिर म हेर्दा पनि हेर्दिनँ, हाम्रोतिर आँखा किन लगाउने ? (भिडियो) – Nepal Press

ओली भन्छन्- पेरिसडाँडातिर म हेर्दा पनि हेर्दिनँ, हाम्रोतिर आँखा किन लगाउने ? (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेले प्रयोग गर्दै आएको भौतिक सम्पत्तिमा दावी नगर्न नेकपाको इतर समूहलाई सन्देश दिएका छन् ।

तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडामा आफूले हेर्दै नहेर्ने भन्दै उनले तत्कालीन एमालेको कार्यालय पनि प्रचण्ड–माधव समूहले आँखा लगाउनु नहुने बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘प्रचण्डजीलाई मैले भनेको, हामी त भाडाको घरमा बसेको, भाडाकै घरमा बसौंला । बल्खुमा पार्टी कार्यालय भत्केको छ भुइँचालोले । पेरिसडाँडामा उहाँहरूको भवन छ । म त्यो हेर्दा पनि हेर्दिनँ । खोज्दा पनि खोज्दिनँ । अर्काकोमा मलाई लोभ पनि छैन । अनि हाम्रोतिर आँखा किन लगाउने ? त्यसकारण पेरिसडाँडा तपाईंको लानुहोस् ।’

ओलीले नेकपाको भौतिक सम्पत्तिका विषयमा पहिलोपटक सार्वजनिक रुपमा बोलेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर