प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी : तीन महिनापछि यी सबै नागरिक अगुवा हुनेछन् (भिडियो) – Nepal Press

प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी : तीन महिनापछि यी सबै नागरिक अगुवा हुनेछन् (भिडियो)

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पार्टीको इतर समूहका शीर्ष नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि कडा व्यंग्यवाण हानेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अबको तीन महिनापछि प्रचण्ड र माधव नेपालहरुको अवस्था नागरिक अगुवाको जस्तै हुने टिप्पणी गरे ।

सोमबार आयोजित नागरिक मार्चमा नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त सहभागी भएका थिए । त्यही सन्दर्भ जोड्दै ओलीले प्रचण्ड–माधवमाथि घोचपेच गरेका हुन् ।

उनले भने, ‘नेताहरुमध्ये एक जना अस्ति नागरिक समाजका नाममा सडकमा ओर्लिए । अरुको पनि नौबत त्यही हो, हविगत त्यही हो । हेर्दै जानुस् तीन महिनापछि यिनीहरु सबै नागरिक समाज हुनेछन् र सडकमा हामी नागरिक समाजका अगुवा यहाँ छौं भन्दै कराउने छन् । र यिनीहरुको पार्टी वरफ पग्लिएजस्तो पग्लिन्छ ।

ओलीले प्रचण्ड–माधव समूहलाई आइसक्रिमसँग तुलना गरे ।
‘केटाकेटीले आइसक्रिम खाँदै गर्छन्, चुहिंदै गर्छ । त्यस्तै यिनीहरु पनि कराउँदै गर्छन्, चुहिंदै गर्छन् । वैशाख २७ गतेसम्ममा यिनीहरुको वरफ सबै चुहिन्छ ।’

ओलीले प्रचण्ड–माधव समूहले चुनावमा १० सिट पनि जित्न नसक्ने दावी गरे ।
उनले भने, ‘दुई अंक पुग्ने सिट ल्याएर देखाउन सक्छौ ? मैले सोध्या हो । १० पुर्याउन एकका पछाडि शून्ना चाहिन्छ । नौभन्दा एक अंक माथि ल्याउनुपर्छ । १० सिट यिनीहरुले जित्ने सम्भावना कायम छ ? कतै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर