इन्फ्रास्ट्रकचरको ६ हजार २ सय ७६ वटा आईपीओ आवेदन रद्द, ५० कित्तासम्म सबैले पाउने – Nepal Press

इन्फ्रास्ट्रकचरको ६ हजार २ सय ७६ वटा आईपीओ आवेदन रद्द, ५० कित्तासम्म सबैले पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को आईपीओ आवेदन दिएकामध्ये ६ हजार २ सय ७६ वटा आवेदन रद्ध भएका छन् ।

निफ्राको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सो संख्यामा आवेदन रद्ध भएको जानकारी दिएको हो ।

क्यापिटलका अनुसार १० देखि ५० कित्तासम्म शेयर माग गर्ने आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड हुने छ ।

१० देखि ५० कित्तासम्म शेयर बाँडफाँड गरी बाँकी रहन आएको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ६० कित्ता वा सोभन्दा बढी कित्ताका लागि माग गर्नेमध्येबाट गोलाप्रथाबाट थप १० कित्ताका दरले बाँडफाँड हुने छ ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य बनेका छन् । बैंकले माघ २ देखि ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।

बैंकले १ सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर निष्काशन गरेकोमध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट माग गरिएको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको आईपीओपछि २० अर्ब रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर