बैंक अफ काठमाडौंले शुरु गर्‍यो कर्पोरेट पेको शुरुवात, चेक बिनै बैंकिङ कारोबार गर्न सकिने – Nepal Press

बैंक अफ काठमाडौंले शुरु गर्‍यो कर्पोरेट पेको शुरुवात, चेक बिनै बैंकिङ कारोबार गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाडूले विद्युतीय कारोबार गर्न सक्ने कर्पोरेट पेको शुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै उक्त सेवा लिन पाउने गरी कर्पोरेट पेको शुरुवात गरेको हो ।

बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम शुरु गरेको हो । बैंकले डिजिटल माध्यमबाट आफ्ना ग्राहकहरुलाई रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्न व्यवसायिक भुक्तानीहरु गर्न सकिने छ ।

उक्त प्रणालीबाट कनेकट आइपीएस वा एनसीएचएल–आइपीएसबाट कारोबार गर्न सकिने छ । ग्राहकहरुले यो सेवा सुचारु गर्न आवश्यक प्रकृया पूरागरी बैंकमा आवेदन दिनुपर्ने छ ।

साथै, ग्राहकले आवश्यक्ताअनुसार यो प्रणालीमा एकभन्दा बढी बैंक खाता समेत आबद्ध गरी कारोबार गर्न सकिने जनाएको छ ।

यो प्रणालीबाट बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैंकिङ कारोबार चेकको प्रयोग नगरी विद्युतीय माध्यमबाट नै गर्न सकिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर