६ महिनाभित्रै केपी र प्रचण्डलाई एक्लै बनाउँछौ (भिडियो) – Nepal Press
वामदेवको भाषण

६ महिनाभित्रै केपी र प्रचण्डलाई एक्लै बनाउँछौ (भिडियो)

काठमाडौं । नेकपा एकता अभियानको घोषणा गरेका वामदेव गौतमले ६ महिनाभित्र केपी ओली र प्रचण्डलाई एक्लै बनाएर दुवैतिरका दोस्रो र तेस्रो तहका नेता समेटेर नयाँ ढंगको पार्टी बन्न सक्ने बताएका छन् ।

धोविघाटमा आयोजित पार्टी एकता राष्ट्रिय अभियानको घोषणासभालाई सम्बोधन गर्ने क्रममा गौतमले दुवै पक्ष मिलेनन् भने पनि तत्काल कुनै एउटा समूहमा नजाने प्रष्ट पारे । दुवैतर्फका अर्को पुस्ताका नेताहरुलाई समेटेर आफूले नयाँ ढंगले पार्टी एकता गर्ने दाबी उनको छ ।

गौतमले भने, ‘पार्टी एकता भएन भने एकातिर त जानुपर्छ भन्ने कुरा पनि आयो । मैले भनेको छु, ६ महिना यो अभियान चलाइन्छ । पहिलो पुस्ताभन्दा दोस्रो र तेस्रो पुस्ताका नेताहरू चिन्तित छन् । हामी यो बीचमा नयाँ पार्टी बनाउन पनि सक्छौं, त्यो बेला केपी र प्रचण्ड एक्लै हुन्छन् ।’

गौतमले अर्को प्रसंगमा प्रचण्ड माधव पक्षले पार्टी फुटाउनकै लागि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको र केपी ओलीले पार्टी फुटे पनि फुटोस् भनेर प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । ओलीले राजीनामा दिए भए सान बढ्ने थियो भन्दै गौतमले दुवै पक्ष बराबर जिम्मेवार रहेको बताए ।

गौतमले भने, ‘मैले प्रचण्डसहितका कमरेडहरुलाई पार्टी फुटाउने गरि नजाउँ भने । तर उहाँहरुले दुनियाँका कम्युनिस्ट पार्टी फुटेर सिद्धिएका हुन् र ? भनेर सोभियत संघ, इण्डोसिया र पश्चिम बंगालको उदाहरण दिनुभयो । उहाँहरूले पार्टी फुटाउन अविश्वास प्रस्ताव लैजानुभयो ।’

नेता गौतमले आफ्नो अभियानमा ढिलोचाँडो सबै समेटिनुपर्ने दाबी गरे ।

यो पनि पढ्नुहोस् : १. वामदेवको दाबी- नेकपा मिल्दा अमेरिकामा पनि कम्युनिष्‍ट उठ्दै थिए

३. हिसाब निकाल्दै वामदेवले भने – फुटेर चुनावमा गए नेकपाले हार्ने निश्‍चित

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर