पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ – Nepal Press

पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ

काठमाडौं । मुलुकमै कोरोनाविरुद्धको पहिलो खोप लगाएका चिकित्सकले ढुक्कले खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् । टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी र अनुप बाँस्तोलाले निश्चिन्त भएर कारोनाविरुद्धको
खोप लगाउन आग्रह गरेका हुन् ।

खोप बुधबार बिहान टेकु अस्पतालबाट लगाउन सुरु गरियो । उक्त अवसरमा राजभण्डारी र बाँस्तोलासहित जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाइन् ।

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको भारतको सिरम इन्स्ष्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड खोप आपतकालीन प्रयोगस्वरुप लगाउन लागिएको हो । टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले पनि खोप लगाए ।

कोरोनभाइरसविरुद्धको खोप अभियान बुधबारदेखि देशभर सुरु भएको छ । ६० खोप केन्द्रबाट जिल्ला र प्रदेशमा खोप लगाउन सुरु गरिएको हो ।


प्रतिक्रिया

One thought on “पहिलो खोप लगाएका डाक्टर भन्छन्– ढुक्क भएर लगाउनुस्, सुरक्षित छ

  1. खाेप भनेर पानी (mineral waters) हालेर पठाएको रैछ कि केहाे केही नहुने।केही न केहि असामान्य स्थिति त जुनसुकै अाैषधि प्रयाेग गर्दा नि हुन्छ त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर