म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो – Nepal Press

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । रेलिगेसन जोनमा संघर्षरत वेष्ट ब्रुममाथि ५–० गोलअन्तरको फराकिलो जितसहित म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति म्यानचेस्टर सिटीले वेष्टब्रुमको घरेलु मैदानमा शानदार आक्रामक शैली प्रस्तुत ग¥यो । पाहुना टोलीका लागि गुन्डोगानले छैटौं मिनेटमै गोलको खाता खोलेका थिए । २० औं मिनटमा क्यान्सेलोले दोस्रो गोल गरे ।

३० औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दा इन्ज्यूरी समयमा रियाद मेहेरेजले गोल गरेपछि पहिलो हाफमै सिटीले ४–० को अग्रता बनाएको थियो ।
सिटीका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि गोल हुन सकेन ।

जितसँगै सिटीले शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४१ अंक भएको छ । समान खेलबाट म्यानचेस्टर युनाइटेडको ४० र तेस्रो स्थानको लिसेस्टर सिटीको ३८ अंक छ ।

समान खेलबाट वेष्टब्रुमको ११ अंक छ र अंकतालिकामा पुच्छारबाट दोस्रो स्थानमा छ । रेलिगेसन क्षेत्रबाट बाहिर निस्कनका लागि उसलाई अहिलेको अवस्थामा कम्तिमा ७ अंक आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *