जनकपुर यातायातमा अख्तियारको छापा, कार्यालय सहयोगी र दलाल पक्राउ – Nepal Press

जनकपुर यातायातमा अख्तियारको छापा, कार्यालय सहयोगी र दलाल पक्राउ

जनकपुरधाम । यातायात तथा व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र एक दलाललाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

कार्यालय सहयोगी भोगेन्द्र कापर र दलाल राजकिशोर भगत घुस रकमसहित पक्राउ परेको अख्तियारको कार्यालय बर्दिबासका प्रवक्ता मनिराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कापरबाट २ लाख २३ हजार ८२० रुपैया र दलाल भगतको साथबाट ५० हजार रुपैयाँ नगद बरामद भएको छ ।

प्रवक्ता ज्ञवालीले भने, ‘यातायात कार्यालयका छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीको निर्देशनमा दलाल भगतबाट कार्यालय सहयोगी कापरले घुस लिएका थिए ।’ घुस लिन भनेका कर्मचारी गिरी फरार भएका छन् ।

लोडर र स्काभेटरको चालक अनुमति पत्रका लागि दलालले कर्मचारीलाई घुस दिन लागेको सूचना पाएपछि अख्तियारको टोली आएर छापा मारेको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार रकम खोज्न करिब ५ घण्टा नै लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर