हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न टेलिकमलाई मन्त्रीको निर्देशन – Nepal Press

हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तार गर्न टेलिकमलाई मन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन उनले आग्रह गरे ।

सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने भन्दै मन्त्री गुरुङले व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर