महेश आचार्यले किन दिए राजीनामा ? – Nepal Press

महेश आचार्यले किन दिए राजीनामा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको संगठन समायोजन समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

संगठन समायोजन समितिको मूल काम सकिएको र बाँकी रहेका विषय केन्द्रीय समितिबाटै टुंग्याउन उपयुक्त हुने भन्दै आचार्यले राजीनामा दिएका हुन् । कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा आचार्यले आफूलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिदैं समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

कांग्रेसले बिजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालसंग एकता गरेपछि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको थियो । ‘यो समितिलाई दिइएको मुख्य जिम्मेवारी पूरा भइसकेको छ । बाँकी रहेको थोरै काम केन्द्रीय समितिबाटै गर्न उपयुक्त हुने देखेर मैले जिम्मेवारी त्यागेको हुँ’, आचार्यले नेपाल प्रेससंग भने ।

सो समितिले समायोजन सम्बन्धमा बुझाएको प्रतिवेदन कांग्रेस केन्द्रीय समितिले पारित गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर