नेपालले कतारमा ‘बाइल्याट्रल ट्वान्टी-२० आई’ प्रतियोगिता खेल्ने – Nepal Press

नेपालले कतारमा ‘बाइल्याट्रल ट्वान्टी-२० आई’ प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगिता खेल्ने निश्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले आगामी फेब्रुअरीमा ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगितामा नेपाली टोलीलाई सहभागी गराउने निर्णय गरेको हो ।

त्यसका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा सञ्चालन हुने पनि क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.