गोकुल बास्कोटाको टिप्पणी : भैंसीपूजाको समर्थन गर्नेले पशुपति पूजाको विरोध गर्नु के अनौठो ? – Nepal Press

गोकुल बास्कोटाको टिप्पणी : भैंसीपूजाको समर्थन गर्नेले पशुपति पूजाको विरोध गर्नु के अनौठो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेको विषयले सामाजिक सञ्जाल तातिरहेको छ ।

उनको समर्थन र आलोचनाको क्रम जारी रहँदा ओलीनिकट पूर्वमन्त्री गोकुल बास्कोटाले मुख खोलेका छन् ।

बास्कोटाले एउटा ट्वीटमार्फत प्रधानमन्त्रीको बचाउ गर्नुका साथै विभाजित नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष पनि गर्न भ्याएका छन् ।

‘भैंसीपूजाकाे समर्थन गर्नेहरूले पशुपतिमा प्रमले पूजा गर्दा विराेध गर्नु के अनाैठाे भाे र ? धार्मिक स्वतन्त्रता छ भन्नेहरुले कसलाई साेधेर पूजा गर्न जानुपर्ने हाे। यस्ताे कुरा पनि नागरिक अधिकारमाथिकाे अतिक्रमण हैन र ?’, उनले लेखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *