शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो – Nepal Press

शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा चलिरहेको सुनुवाइमा बहस गर्दै थापाले भने, ‘उहाँलाई अविश्वासको प्रस्ताव नै छैन । धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्य मात्रै छ । पहिले यही धारामा आह्वान, अन्त्य र विघटन हुने व्यवस्था थियो ।

‘प्रधानमन्त्रीले प्रतिनिधिसभामाथि रिभेन्ज लिनुभयो । प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो । कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो । ‘

थापाको बहस हिजोदेखि जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर