दोहोरो अंकले घट्यो नेप्से, आठ अर्बमाथि कारोबार – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से, आठ अर्बमाथि कारोबार

काठमाडौं । केही समयदेखि लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार १७.७९ अंकले घटेको छ । आज शेयर बजारमा सामान्य करेक्सन हुँदै नेप्से परिसूचक २४२३. ०९ विन्दुमा रोकिएको छ ।

आज एक करोड ९६ लाख ६ हजार ५४५ कित्ताको किनबेचमा ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकमा भने कमी आएको छैन । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४५ करोड ७६ लाख ३७ हजार २५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ५२ करोड, शिखर इन्स्योरेन्सको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी आज सबैभन्दा बढी कमाउने कम्पनीमा गुँरास लघुवित्त कम्पनी रहेको छ ।

गुँरासको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर