राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्दै – Nepal Press

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । माघ १३ गते ७ वर्षको लागि राष्ट्र बैंकले बोलकबोलद्धारा २०४८ ‘ङ’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरीद गर्न सक्नेछन् ।
ऋणपत्र खरीदका लागि खरीदकर्ताले राष्ट्र बैंकको व्यवस्थापन विभागमा आवेदन दिनुपर्छ । ऋणपत्रको बोलकबोल माघ १३ गते अपरान्ह २ बजे हुनेछ ।

माघ १४ गते निष्कासन भएको ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुने बैंकले बताएको छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभाग हुनसक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर