कोइराला निवासमा पौडेल पक्षको रणनीतिक बैठक – Nepal Press

कोइराला निवासमा पौडेल पक्षको रणनीतिक बैठक

काठमाडौं । संसद पुनःस्थापनाका लागि सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेको नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ । मंगलबारको केन्द्रीय समिति बैठकमा राख्ने धारणाबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्न लागेको हो ।

बैठकमा संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावबारे धारणा निर्माण तथा पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता पौडेल प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावको समर्थनमा कांग्रेसले मतदान गर्नुपर्ने पक्षमा छन् । सभापति शेरबहादुर देउवा भने प्रदेश संसदीय दललाई नै निर्णयको अधिकार दिनुपर्ने पक्षमा छन् ।

संसद विघटनविरुद्ध २ चरणको आन्दोलन सकिएकोले अब अदालतको निर्णय कुर्नपर्ने संस्थापन पक्षको धारणा छ । पौडेल पक्षले भने मंगलबारकै केन्द्रीय समिति बैठकबाट तेस्रो चरणको आन्दोलन घोषणा गराउन दवाव दिन तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर