१६ अंकले बढ्यो नेप्से, ५ ओटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि – Nepal Press

१६ अंकले बढ्यो नेप्से, ५ ओटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । नेप्से परिसूचक सोमबार उत्तरचढाबका बीच पनि उकालो लाग्ने क्रम रोकिएन । आज भएको कारोबारमा नेप्से १६.०४ अंकले बढ्दै २४४०.८८ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २०८ ओटा कम्पनीमध्ये ५ ओटा कम्मपनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । यसैगरी, आज भएको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, नबिल बैंकको ३३ करोड रुपैयाँ, एनसीसी बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज भएको एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ताको किनबेचमा आठ अर्व ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.