‘लोकतान्त्रिक योद्धा’ लाई सरकारले सम्मान गर्ने, परराष्ट्रमन्त्रीको संयोजकत्वमा बनाइयो समिति – Nepal Press

‘लोकतान्त्रिक योद्धा’ लाई सरकारले सम्मान गर्ने, परराष्ट्रमन्त्रीको संयोजकत्वमा बनाइयो समिति

काठमाडौं । सरकारले सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्धा एवं शहीदका परिवारलाई ‘लोकतान्त्रिक योद्धा’का रुपमा परिचयपत्र वितरण र सम्मान गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस कार्यका लागि उच्चस्तरीय समिति बनाएको एक मन्त्रीले जानकारी दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो । समितिमा खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा र भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

एक मन्त्रीका अनुसार उक्त समितिले सबै जनआन्दोलन तथा माओवादी जनयुद्धमा बलिदानी दिएका शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, अपांगता भएका, घाइते तथा अन्य पीडितहरुको लगत संकलन गरी उनीहरुलाई सम्मान गर्ने मोडालिटीका लागि सरकारलाई सिफारिश गर्नेछ ।

लोकतान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने विभिन्न मापदण्डका विषयमा समितिले प्रतिवेदन तयार गर्ने ती मन्त्रीको भनाइ छ । माओवादी जनयुद्धका पूर्वसेना तथा पूर्व बालसेनाहरु केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएलगत्तै सरकारको यो निर्णय आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर