प्रचण्ड-माधव पक्षले ओलीलाई साधारण सदस्यबाट हटायो – Nepal Press

प्रचण्ड-माधव पक्षले ओलीलाई साधारण सदस्यबाट हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यबाटै हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। त्यस्तै महासचिव पौडेलमाथिको कारबाहीबारे भने आज कुनै निर्णय भएन । पौडेलमाथिको कारबाही प्रक्रियामै रहेको साहले जानकारी दिए।

२ माघमा सकिएको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ माघमा नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपानेलगायतका नेताहरू गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा स्पष्टीकरण पत्र छाडेका थिए ।

पत्रमा ‘पार्टी विरोधी गतिविधि गरिरहनुभएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?’ लेखिएको थियो । स्पष्टीकरण पत्र प्राप्त गरेको वा निवासमा टाँसेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले त्यसको कुनै जवाफ दिएनन् ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधव पक्षले ओलीलाई साधारण सदस्यबाट हटायो

  1. शिरमा #राष्ट्रिय_झण्डा_र_देश
    मनमा जनता
    विचारमा #जबज
    बोकेका #अनुशासित नेता कार्यकर्ता
    अनि
    #देशभक्त जनता साथमा देखेभने
    स्वोघोषित एनजिओवादी नागरिक अगुवाहरू मुर्छा पर्छन्
    त्यसैले यिनीहरू कराउँदैमा कोही डराउनु पर्दैन्
    तर ईमानका साथ सम्वृद्धिको आन्दोलन नियमितभने गर्नैपर्छ।
    जय देश जय जनता!

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *