संसद पुनर्स्थापना नै कांग्रेसको मुख्य एजेण्डाः नेता पौडेल – Nepal Press

संसद पुनर्स्थापना नै कांग्रेसको मुख्य एजेण्डाः नेता पौडेल

विराटनगर । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले संसद पुनर्स्थापना हुनुपर्ने कांग्रेसको मुख्य एजेण्डा भएको बताएका छन् ।

आइतबार प्रदेश नं १ को विराटनगरमा गुराँस पुस्तकालयद्वारा प्रकाशित ‘बरगाछी’ नामक पुस्तकको लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडलेलले सो कुरा बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गदै संसद पुनर्स्थापना पार्टीको एजेण्डा भएकाले अब कांग्रेसले ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम गर्न नहुने पनि बताए ।

कार्यक्रममा बोल्दै नेता पौडेलले अदालतले संविधानकाे रक्षा नगरे देशको दुर्भाग्य हुने चेतावनी समेत दिए । कार्यक्रममा नेपाली कांग्रेसका अर्का नेता डा. मिनेन्द्र रिजालले विधिको शासन नमान्नेहरु पराजित हुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर