सामूहिक बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित दुई पक्राउ – Nepal Press

सामूहिक बलात्कार आरोपमा ट्राफिक प्रहरीसहित दुई पक्राउ

रुपन्देही । सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक ट्राफिक जवान पक्राउ परेका छन् ।

जिल्लाको कञ्चन गाउँपालिका ५ भैसहीमा बाटोमा हिंडिरहेकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवान विशाल शर्मालाई पक्राउ गरेको हो ।

गत कार्तिक २३ गते साँझ साढे ८ बजेतिर भैसहीका दुई जना महिलामध्ये एकजनालाई नग्न बनाएर फोटो खिच्ने र एकजनालाई शर्मासहित ४ जनाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शर्मालाई पक्राउ गरेको हो ।

शर्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा दरबन्दी भई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले शर्मासँगै उक्त घटनामा संलग्न गुरुचरण चौधरीलाई पनि पक्राउ परेको बताए ।

बलात्कारमा संलग्न थप दुईजना फरार रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका दुवैजना कपिलवस्तुको वाणगंगाका रहेको र फरार रहेका दुईजना भने भारतीय नागरिक भएको प्रहरीले जनाएको छ ।

शर्मासहितको टोलीले बाटो हिंडिरहेका दुई दिदी बहिनीमध्ये बहिनीलाई नग्न बनाएर तस्वीर खिचेको र दिदीलाई चारैजनाले बलात्कार गरेको खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले पीडित परिवारले माघ ८ गते मात्रै उजुरी गरेपछि घटना बाहिर आएको बताए । उजुरी पर्नासाथ आरोपितलाई पक्राउ गरी आइतबार थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर