लुम्बिनीसँग बराबरी खेल्दै बाग्मती सेमिफाइनलमा – Nepal Press

लुम्बिनीसँग बराबरी खेल्दै बाग्मती सेमिफाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेश र बाग्मतीले बराबरी खेलेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बाग्मतीले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो ।

२२१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएसँगै खेल बराबरीमा टुङ्गिएको हो ।

लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले ४१÷४१ तथा सौरभ खनालले ३४ रन बनाए । त्यस्तै, सन्दीप सुनारले २५ र देव खनालले २६ रनको योगदान गरे ।

बाग्मतीका लागि बिपिन आचार्यले ४ तथा गौतम केसीले दुई विकेट लिए । रामनरेश गिरी, तिलक भण्डारी र इशान पाण्डेले एक÷एक विकेट लिए ।

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको बाग्मतीका लागि ओपनरद्वय आकाश थापाले ३९ तथा अदिल खानले ५५ रन जोडे । त्यसतै इशान पाण्डेले ५१, पृथु बास्कोटाले २९ तथा कप्तान ज्ञानेन्द मल्लले १४ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीका लागि दिपेन्द्र रावतले ३ तथा कप्तान कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए । बिक्रम भूसाल र अनिल खरेलले १र१ विकेट चट्काए ।

समूह ‘बी’ मा अपराजित रहेको बाग्मती आजको खेलमा जित हासिल गरे सेमिफाइनलमा पुगेको छ । भोलि हुने प्रदेश २ र लुम्बिनीबीचको खेलले समूह बीबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको निर्धारण हुनेछ ।

समूह बीको शीर्ष स्थानमा रहेको बाग्मतीको ४ खेलबाट ७ तथा दोस्रो स्थानको लुम्बिनीको समान खेलबाट ५ अंक छ । एक खेल कम खेलेको साविक विजेता पुलिसको ४ अंक छ । भोलि हुने खेलमा प्रदेश २ लाई पराजित गरे पुलिस दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ ।

समूह एबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *