एपिएफको सहज जितमा सावित्राको चार गोल – Nepal Press

एपिएफको सहज जितमा सावित्राको चार गोल

काठमाडौं । सावित्रा भण्डारीको चार गोल प्रेरित एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा आइतबार विराटनगरलाई ७–० गोलको नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विभागीय महारथी एपिएफलाई सहज जित दिलाउन सावित्राले चारण्, अनिता केसीले २ र सरु लिम्बुले एक गोल गरे ।

जारी सिजन सावित्राको यो दोस्रो ह्याट्रिक हो । पहिलो खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध ६–० ले एपिएफ विजयी हुँदा पनि सावित्राले ह्याट्रिक गरेकी थिइन् । सावित्राले २५औं, २२औं, ७४औं र ८९औं मिनेटमा गोल गरिन् । त्यस्तै, अनिताले नवौं र ८०औं मिनेटमा गोल गरिन् ।

त्यसअघि सरु लिम्बुले ७२औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै दुई खेलबाट ६ अंक जोडेको एपिएफ क्लबले १३ गोल गरेको छ भने एक गोल पनि खाएको छैन । पहिलो खेलमा वालिङसँग १–१ गोलको बराबरीमा रोकिएको बिराटनगरले १ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *