प्रधानमन्त्रीको प्रश्न- सांसद भनेको स्थायी जागिर हो ? (भिडियोसहित) – Nepal Press

प्रधानमन्त्रीको प्रश्न- सांसद भनेको स्थायी जागिर हो ? (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पाइला पाइलामा अवरोध गरेर अन्यत्रै साँठगाँठ गरी अस्थिरता मच्चाउने र किनबेचको राजनीति दोहोर्याउन खोज्ने प्रचण्ड–माधव प्रवृतिलाई परास्त गर्न निर्वाचनमा जानु परेको दावी गरेका छन् ।

अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा आइतवार बोल्दै प्रधानमन्त्रीले आफ्नो पार्टीको बहुमतको सरकार ढालेर अन्यत्रै गठजोड गरी अस्थिरता मच्चाउन खोज्ने देशद्रोहीहरुलाई आउने चुनावले ठेगान लगाउने बताए ।

अ‍लीले भने–देशद्रोहीले काम गर्न दिएनन्, म जनतामा जान्छु भन्दा कसरी तानाशाही भयो ? मैले एक्लै चलाउँछु भनेको छु र ? जनतालाई फैसला गर्न दिनु तानाशाही हुन्छ ? त्यस्ता देशद्रोहीलाई आगामी निर्वाचनले तह लगाउनुपर्छ ।

ओलीले अर्को प्रसंगमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधानविरोधी हुन् ? उनले भने- उनले सांसद भनेको पाँचै वर्ष जागिर खाने स्थायी जागिर होइन भन्दै जनताले मूल्यांकन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर