प्रचण्ड–माधव पक्षको बैठक जारी, ओलीलाई निष्कासनको घोषणा गरिँदै – Nepal Press

प्रचण्ड–माधव पक्षको बैठक जारी, ओलीलाई निष्कासनको घोषणा गरिँदै

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्सनको तयारी गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा ओलीलाई निष्कासनको एजेण्डामाथि छलफल भइरहेको एक सदस्यले जानकारी दिए ।

ती सदस्यले भने– बैठकमा ओलीलाई निष्कासनको एजेण्डा प्रवेश भइसकेको छ । त्यसमा थप छलफल गर्नु आवश्यक छैन । अहिले रिपोर्टिङको काम भइरहेको छ । आजकै बैठकले ओलीको सदस्यता खोस्छ ।

स्रोतका अनुसार कानुनी प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधिएको र स्पष्टीकरण नआएकाले निष्कासन गर्ने तयारी छ । ओलीलाई प्रचण्ड–माधव पक्षले पुस ७ गते नै अध्यक्षबाट हटाएको घोषणा गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर