समूह चरणबाटै बाहिरियो प्रदेश २ – Nepal Press

समूह चरणबाटै बाहिरियो प्रदेश २

काठमाडौं । सुदूरपश्चिम प्रदेशसँग ३ विकेटले पराजित भएसँगै प्रदेश नम्बर २ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा १९६ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो ।

सुदूरपश्चिमका लागि सन्जु दमाईले ३५ बलमा ८ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, कप्तान खडक बोहोराले ४३ तथा ओपनर गजेन्द्र बोहराले ३९ रनको योगदान गरे ।

प्रदेश २ का लागि कुमार थापाले ३ तथा हरिकृष्ण शाहले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको प्रदेश २ का लागि हरिकृष्णले ७३ बलमा ९ चौकासहित ६० तथा विवेक यादवले ४१ रनको योगदान गरेका थिए ।

मेहबुब आलमले २३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३र३ तथा अरुण ऐरीले २ विकेट लिए ।

सुदूरपश्चिमसँगै पराजित भएसँगै प्रदेश २ प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ुबीुमा एक खेल खेल्न बाँकी रहेको प्रदेश २ ले यसअघिका तीन वटै खेलमा पराजय भोगेको छ ।

अन्तिम खेलमा सान्तवना जित निकालेको सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ुबीुको शीर्ष स्थानमा रहेको बाग्मतीले ३ खेलबाट ६ अंक बटुलेको छ भने ४र४ अंकसहित लुम्बिनी र साविक विजेता नेपाल पुलिस क्लब क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *