प्रचण्डमाथि महेश बस्नेतको टिप्पणीः जंगलीलाई मान्छे बनाउन सकिएन – Nepal Press

प्रचण्डमाथि महेश बस्नेतको टिप्पणीः जंगलीलाई मान्छे बनाउन सकिएन

रुपन्देही । विभाजित नेकपाका नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जंगली’ भनेका छन् । प्रचण्डलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जंगलबाट घरमा ल्याएर मान्छे बनाउन खोजे पनि नसकेको भन्दै उनले भने– उहाँलाई मान्छे बनाउने धेरै प्रयास गरियो, तर सकिएन ।

आइतबार बुटवल आयोजित कार्यकर्ता भेलामा उनले माधव नेपालले नेतृत्व गरेका बेला झण्डै सकिएको पार्टीलाई अहिलेको उँचाइमा ल्याएको दावी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजीनामा दिएको भए कम्युनिष्ट आन्दोलन समाप्त हुने उनको तर्क थियो ।

कार्यक्रममा आक्रामक ढंगमा प्रस्तुत भएका नेता बस्नेतले भने– गोठमा वितण्डा मच्चाउने प्रचण्ड–नेपालरुपी दुइटा गोरु दाम्लो चुँडाएर भागेका छन्, अब कम्युनिष्ट आन्दोलन ठिक ढंगले अगाडि बढ्छ ।

बस्नेतले केपी ओली कम्युनिष्ट आन्दोलनका फलाम र प्रचण्ड–नेपाल काठ भएको टिप्पणी गरे । वैशाख १७ र २७ गते हुने चुनावमा प्रचण्ड–नेपाल समूह पत्तासाफ हुने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर