चुनाव चिह्नसम्बन्धी विवाद ऐनले टुंगो लगाउँछ, कसैले दावी गर्दैमा हुँदैन– योगेश भट्टराई – Nepal Press

चुनाव चिह्नसम्बन्धी विवाद ऐनले टुंगो लगाउँछ, कसैले दावी गर्दैमा हुँदैन– योगेश भट्टराई

इटहरी । विभाजित नेकपाका नेता योगेश भट्टराईले चुनाव चिह्न कसैले दावी गर्दैमा नपाउने भन्दै राजनीतिक दलसम्बन्धी ऐनले छिनोफानो गर्ने बताएका छन् । यद्यपि, उनले आफूहरुको समूहमा बहुमत सदस्य भएकाले पार्टीको आधिकारिक चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दोहोर्याए ।

आइतबार इटहरीमा आयोजित एक कार्यक्रममा भट्टराईले चुनाव चिह्नसम्बन्धी विवाद राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ ले टुंगो लगाउने बताएका हुन् । उनले भने– चुनाव चिह्नसम्बन्धी विवाद गर्नुपर्ने कारण नै छैन । निर्वाचन आयोगले ऐनअनुसारै निर्णय गर्ला । पार्टीका ४४१ सदस्यमध्ये ३०० सदस्य हामीतिर हुनुहुन्छ ।

उनले अहिले नेकपामा पद भन्दा पनि विधिको लडाइँ भएको भन्दै संसद पुनःस्थापना हुने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर