प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य थापा ओलीतिर – Nepal Press

प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य थापा ओलीतिर

काठमाडौं । पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा शनिवार पूर्व लडाकुहरुको टिम सहित ओली पक्षमा लागेका छन् ।

पार्टी विभाजनपछि प्रचण्ड पक्षको बैठकमा भाग लिएर केही कार्यक्रममा समेत भाषण गरेका थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली पक्षमा खुलेका हुन् ।

देशको अतिक्रमित भूमिको नक्सांकन र फिर्ता ल्याउने प्रक्रिया थालेको तथा विगतमा पनि राष्ट्रियताको पक्षमा ओलीले अडान लिएकोले आफूले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएको थापाले बताए ।

उनले राष्ट्रवादको अडान लिएकोमा बालुवाटारमा पूर्व लडाकुहरुले ओलीलाई सलामी दिएको बताए । बागलुङ जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका थापा नेकपा मसाल छाडेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

3 thoughts on “प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य थापा ओलीतिर

Leave a Reply to Yaman Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर