ओली दुई तिहाई ल्याएर राजावादीको माग पूरा गर्न चाहन्छन्– योगेश भट्टराई (भिडियो) – Nepal Press

ओली दुई तिहाई ल्याएर राजावादीको माग पूरा गर्न चाहन्छन्– योगेश भट्टराई (भिडियो)

काठमाडौं । विभाजित नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानबाट प्राप्त कतिपय उपलब्धी (गणतन्त्र,संघीयता र धर्म निरपेक्षता) मन नपरेको भन्दै त्यसलाई संशोधन गर्न दुई तिहाई वहुमत लिन चुनाव घोषणा गरेको आरोप लगाएका छन् ।

शनिवार मार्क्सवादी ज्ञान केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओली सरकारमा एक महिनाअघिसम्म मन्त्री रहेका भट्टराईले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको निर्णयमा दुई तिहाई वहुमतको माग गर्नुको आशय त्यहि रहेको बताए ।

भट्राईले भने–उहाँले दुई तिहाई वहुमत चाहियो भन्नुभएको छ । त्यो के को लागि ? प्रष्टै बुझ्न सकिन्छ उहाँलाई संविधानमा व्यवस्था भएका कतिपय व्यवस्था मन परेका छैनन्,ती के हुन् त भन्दा सबैलाई थाहा छ । अहिले राजावादी वकिलहरु उहाँको पक्षमा किन वहस गर्दैछन् ? यसबाट बुझ्न सकिन्छ ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने वकिलहरुको अनुहार हेरेर पनि ओली सेन्टरबाट राइटतर्फ लागेको भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर