मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो – Nepal Press

मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो

निशान्त सिंह गुरुङ्ग २०७७ माघ १० गते १५:०५
२०७७ माघ १० गते १५:०५

रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी  विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।